द्वन्द्वरत समूहलाई अविलम्ब वार्तामा आउन आह्वान

भाद्र २५ – सरकारले द्वन्द्वरत समूह तथा राजनीतिक व्यवस्थासँग असन्तुष्ट रहेका सम्पूर्ण पक्षहरुलाई अविलम्ब वार्तामा आउन आह्वान गरेको छ । सरकारद्धारा गठित राजनीतिक वार्ता टोली २०७५ ले सोमबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दे विप्लव नेतृत्वका नेकपासहित सबै असन्तुष्ट र द्वन्द्वरत पक्षलाई वार्ताका लागि आह्वान गरेको हो । सरकार सबै प्रकारका द्वन्द्व निर्मुल गरी सहमतिका माध्यमबाट शान्ति, सहिष्णुता र सद्भाव कायम गरी समावेशी, समतामुलक, न्यायपूर्ण र अग्रगामी राज्य निर्माण गर्न तयार रहेको वार्ता टोलीका संयोजक सोमप्रसाद पाण्डेले जानकारी दिनुभयो । उहाले विगतको सम्वैधानिक, राजनीतिक सम्वाद तथा सहमति समिति एवम् अन्य वार्ता समितिले विभिन्न सशस्त्र, निःशस्त्र समूहसँग वार्ता गरेर मूलधारमा ल्याएको र कतिपय छुटेको भन्दै तिनलाई पनि मूलधारमा ल्याउन पहल थालिएको वार्ता पाण्डेले बताउनुभयो । त्यस्तै उहाले असहमति, विवाद र द्वन्द्वलाई वार्ताकै माध्यमबाट टुङ्गो लगाउन तयार रहेको पनि जनाउनुभयो । पाण्डेले वार्तामार्फत सहमति र सम्झौता गर्न सरकारले कुनै कसर बाँकी नराख्ने भन्दै वार्ता समिति यसअघिको जस्तो औपचारिकतामा मात्र सिमित नहुने स्पष्ट पार्नुभयो ।

पाण्डेको संयोजकत्वमा सरकारले गत भदौ ८ गते वार्ता टोली गठन गरेको थियो । पाँच सदस्यीय वार्ता टोलीलाई संक्रमणकालीन परिवेशमा भएका मधेश आन्दोलनलगायत अन्य आन्दोलन र सरोकारवाला पक्षसँग नेपाल सरकारको तर्फबाट वार्ता गरी सहमति–सम्झौता, समझदारीका आधारमा विषय अध्ययन–विश्लेषण गरी कार्यान्वयनका लागि सुझाव दिने अधिकार दिईएको छ ।

Facebook Comments
देश भित्र

Leave a Reply

Your email address will not be published. Required fields are marked *