दाङमा स्कुल बस दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या २२ पुग्यो

पुस ७ – दाङमा स्कुल बस दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या २२ पुगेको छ । १५ जना घाइते भएका छन । दुर्घटनामा परि ज्यान गुमाएका मध्ये बसका चालक घोराही उपमहानगरपालिका वडा नं ३ का मदन केसी, घोराही उपमहानगरपालिका वडा नं १७ का २८ बर्षिय प्रदिप घिमिरे, पूर्वी रुकुम भूमे गाउँपालिकाका २८ बर्षिय नरेश वली, दाङको दंगीशरण गाउँपालिका वडा नं १ का ३० बर्षीय सञ्जित रज्गैया, घोराही उपमहानगरपालिका वडा नं १४ का २७ बर्षिय बिजय जिएमको मात्र परिचय खुलेको प्रहरीले जनाएको छ । घाइतेलाई शिक्षण अस्पताल कोहरपुर लगिएको छ । हिजो बेलुकी सल्यानको कपुरकोट भ्रमण गएर फर्किएको कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालय दाङका शिक्षक र विद्यार्थी चढेको बस तुल्सीपुर उपमहानगरपालिकामा दुर्घटना हुँदा ४ महिला र १८ जना पुरुषको ज्यान गएको हो । ज्यान गुमाउने र घाइते सवै घोराहीमा रहेको इच्छुक बहुप्राविधिक शिक्षालयका शिक्षक र विद्यार्थी हुुन ।

Facebook Comments
अपराध/दुर्घटना

Leave a Reply

Your email address will not be published. Required fields are marked *