कार्तिक ३ –  दशैंमा फलफूलको मूल्य तुलनात्मक रुपमा आकासिएको छ । चाडपर्वमा फलफूलको व्यापार निकै राम्रो हुने गर्छ । यसको ब्यापार अन्य समयकोभन्दा ७ गुणासम्म बढी हुने गरेको नेपाल फलफूल थोक व्यवसायी संघका केन्द्रीय कोषाध्यक्ष काशिराम सापकोटाले जानकारी दिनुभयो । अहिले बजार क्षेत्र तथा, चोक चोकमा रहेका फलफूल पसलदेखि घर–घरमा फलफूल पुर्‍याउने ब्यापारीको किन्नेहरुको भीड लागेको देखिन्छ । दशैका टिका थाप्न जादा फलफूल कोशेली लाने चलन रहेकाले पनि फलफूलको व्यापार निकै बढेको छ । तर, थोक बजारकोभन्दा यस्ता खुद्रा पसल र ब्यापारीकोमा फलफूलको भाउ उच्च छ । दशैंमा स्याउ, केरा, नरिवल, मौसम र सुन्तला धेरै प्रयोग र किनबेच हुने फलफूल हुन् । फलफूलको बजार मूल्य सबै ठाउँमा एकनाश छैन । त्यसैले एउटै प्रजातिका फलफूल किन्दा उपभोक्ताहरुले फरक फरक मूल्य तिर्न बाध्य छन् । व्यवसायी संघले थोक बजारमा पनि खुद्रा किन्न सकिने गरी अघोषित किसिमको व्यवस्था गरेको छ । अहिले भने खुद्रा बजारमा महंगोमा फलफूल किन्नेहरु थोक बजारमा पुगे भने मूल्यमा निकै राहत पाउन सक्छन् ।

Facebook Comments
अर्थ

Leave a Reply

Your email address will not be published. Required fields are marked *