असोज १६ – काठमाडौँ आउजाउ गर्ने मुख्य नाका थानकोट–पीपलामोड सडक खण्डमा रातीको समयमा गाडी चलाउन रोक लगाइएको छ । सडक डिभिजन कार्यालय काठमाडौँले यो सडक खण्ड मर्मतको काम शुरु भएकाले असोज २२ गतेसम्म राती ८ बजेदेखि बिहान ५ बजेसम्म यात्रु र मालवाहक गाडी सञ्चालनमा रोक लगाइएको हो । हिजोदेखि रातीको समयमा गाडी रोकेर मर्मत थालिएको छ । खाल्डाखुल्डी र धुवाँ धुलोले हैरान भएको भन्दै स्थानीय बासिन्दाले गुनासो गरेपछि सडक डिभिजन कार्यालयले रातीको समयमा गाडी बन्द गरेर मर्मतसम्भारको काम शुरु गरेको हो ।

Facebook Comments
ब्यानर, समाज

Leave a Reply

Your email address will not be published. Required fields are marked *