ठूला अस्पतालले फोहोर पानी प्रशोधन नगरी सिधै सार्वजनिक ढलमा मिसाउने गरेको पाइयो

साउन १५ – काठमाण्डुका ठूला अस्पतालले फोहोर पानी प्रशोधन नगरी सिधै सार्वजनिक ढलमा मिसाउने गरेको पाइएको छ । वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागले काठमाण्डुको केही ठूला अस्पतालमा गरेको अनुगमनमा यस्तो पाइएको हो । विभागले अध्ययनका लागि उपमहानिर्देशक सफला श्रेष्ठको संयोजकत्वमा वन तथा वातावरण मन्त्रालय, स्वास्थ्य विभाग, फोहरमैला व्यवस्थापन प्राविधिक सहयोग केन्द्रका प्रतिनिधि र विभागका चार जना प्राविधिकसहितको समिति गठन गरेको थियो । समितिले नमूनागत रुपमा छनौट गरी उपत्यकाका निजामती कर्मचारी अस्पताल, तिलगंगा आँखा अस्पताल, ग्राण्डी इन्टरनेशनल हस्पिटल र बयोधा अस्पतालमा स्थलगत अनुगमन गरेको थियो । अध्ययनका क्रममा चार अस्पतालमध्ये ग्राण्डी अस्पतालमा मात्र फोहर पानी प्रशोधन केन्द्र सञ्चालनमा रहेको र त्यो पनि नियमित सञ्चालन नभएको देखिएको उपमहानिर्देशक श्रेष्ठले बताउनुभयो ।

Facebook Comments
समाज

Leave a Reply

Your email address will not be published. Required fields are marked *