जोर विजोर नम्बरको कारण यात्रुलार्इ सास्ती,अाज जोरकाे पाली

मंसिर १४ –  जोर विजोर नम्बरको आधारमा कम गाडी चल्दा यात्रुले सास्ती पाएका छन् । थोरै मात्र गाडी चल्दा गन्तव्यमा पुग्न समस्या भएको उनीहरुको गुनासो छ । विवादित संस्थाको कार्यक्रमका लागि सरकारले जोर विजोर प्रणालीका आधारमा गाडी चलाउने निर्णय गरेर नागरिकलाई दुख दिएको भन्दै सरकारको विरोध पनि भएको छ । उपत्यकामा आज जोर नम्बरको गाडी तथा मोटरसाइकल मात्र चलिरहेका छन् । आजदेखि हुन लागेको एसिया प्यासिफिक समिटमा सहभागि हुन आएका विभिन्न देशका विशिष्ट व्यक्तिको सहजताको लागि हिजोदेखि जोर विजोर प्रणाली लागु भएको हो । भोलि विजोर र पर्सि जोर नम्बरको आधारमा गाडी र मोटरसाइकल चल्न पाउनेछन् । नम्बरप्लेटका अन्तिम एउटा नम्बरका आधारमा जोर विजोर गणना हुने गृह मन्त्रालयले जनाएको छ । तर अत्यावश्यक सेवा र शैक्षिक संस्थाका गाडीमा भने जोर बिजोर प्रणाली लागु हुने छैन ।

Facebook Comments
ब्यानर, समाज

Leave a Reply

Your email address will not be published. Required fields are marked *