चोभारमा सुख्खा बन्दरगाह निर्माण कार्य तत्काल बन्द गर्न विश्व बैंकको कार्यालयमा धर्ना

पुस ३० –  चोभार संरक्षण समितिले काठमाडौंको चोभार क्षेत्रमा सुख्खा बन्दरगाह निर्माण कार्य तत्काल बन्द गर्न माग गर्दे विश्व बैंकको काठमाडौस्थीत कार्यालयमा धर्ना दिएका छन् । राष्ट्रिय महत्वका योजना सञ्चालनका लागी प्रभावित क्षेत्रका जनताको सहयोग र समर्थन बिना योजना गर्न लागिएको भन्दै स्थानीयबासीले विश्व बैंकको कार्यालयमा सोमबार धर्ना दिएका हुन् । चोभार क्षेत्रमा सुख्खा बन्दरगाह उपयुक्त नहुने र स्थानीयको समस्या पनि सम्बोधन हुन नसकेकाले उक्त आयोजनालाई ऋण सहयोग गर्ने विश्व बैंकको कार्यालयमा धर्ना दिईएको चोभार संरक्षण समितिका संयोजक पञ्चलाल महर्जनले जानकारी दिनुभयो । चोभारका उक्त कार्य थाल्नु अगाडि हिमाल सिमेन्ट कारखानाले स्थानीय समुदायलाई पुर्याएको क्षतिको उचित राहत दिइनुपर्ने, कारखानाको जग्गा स्थानीयलाई नै फिर्ता गरिनुपर्ने, कारखानाका कर्मचारी अहिलेसम्मकै पारिश्रमिक पाउनुपर्नेलगायतका माग राखेका छन् ।

सरकारले चोभारस्थित हिमाल सिमेन्ट कारखानाको जग्गामा सुख्खा बन्दरगाह बनाउने निर्णय गरी काम अघि थाल्न निर्देशन दिएको थियो । सरकारको निर्णयसँगै उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको नेपाल इन्टरमोडल यातायात विकास समितिले उक्त कार्यका लागि ठेकेदार कम्पनी समेत छनौट गरी कार्यक्षेत्रमा खटाइएको थियो । उक्त कार्यका लागि विश्व बैंकसँग २२ लाख अमेरिकी डलर ऋण लिने सहमति भइसकेको थियो ।

यो पनि पढ्नुहोस्

कुराकानी – पंचलाल महर्जनसँग

Facebook Comments
समाज

2 thoughts on “चोभारमा सुख्खा बन्दरगाह निर्माण कार्य तत्काल बन्द गर्न विश्व बैंकको कार्यालयमा धर्ना

Leave a Reply

Your email address will not be published. Required fields are marked *