असोज ३० –  काठमाण्डुमा चितुवाको छालासहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बैतडीको सिगास गाउँपालिका वडा नम्बर २ का मोहन सिंह रोकाया, सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका वडा नम्बर ४ का अनमोल तामाङ र एक जनाको भने नाम खुलाइएको छैन । चितुवाको छाला ओसार पसार र विक्रि गर्ने गरेको भन्ने सूचनाका आधारमा काठमाण्डुको कोटेश्वरबाट उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ परेकाहरुलाई जिल्ला बन कार्यालय काठमाण्डौमा बुझाइएको छ ।

Facebook Comments
अपराध/दुर्घटना

Leave a Reply

Your email address will not be published. Required fields are marked *