गुल्मीको पुर्कोटमा यूथ आईको सेवा

पुस ७ यूथ आई सर्भिसका स्वयंसेवी आँखा उपचार टोलीले गुल्मी जिल्ला पुगेर पनि निःशुःक आँखा उपचार सेवा दिएर आएका छन् । गुल्मी जिल्लाको पुर्कोट गाउँपालिकामा आयोजित निःशुल्क आँखा शिविरमा ४ सय १८ जनाको आँखा परिक्षण र २५ जनाको कन्ट्याक्ट सर्जरी गरिएको आँखा विशेषज्ञ सिद्धार्थ रञ्जितले जानकारी गराउनुभयो । हेल्प नेपालको सहयोगमा सम्पन्न शिविरका लागि काठमाडौंबाट यूथ आई सर्भिसका विशेषज्ञ सहितको स्वयंसेवीहरुको टोली गुल्मी पुगेको थियो ।


यूथ आई सर्भिसले विगत २२ वर्षदेखि देशका विभिन्न स्थानमा निःशुल्क आँखा शिविर र शल्यक्रिया गर्दै आएको छ ।

Facebook Comments
समाज

Leave a Reply

Your email address will not be published. Required fields are marked *