गिद्धले १३ वटा अण्डा पार्यो

मंसिर २० – चितवन राष्ट्रिय निकुञ्जको कसरामा रहेको गिद्ध प्रजनन केन्द्रमा गिद्धले १३ वटा अण्डा पारेको छ । गिद्धले असोजबाट अण्डा पार्न थालेको र अण्डा पार्ने सम्भावना अझै रहेको निकुञ्जका सहायक संरक्षण अधिकृत वेदबहादुर खड्काले जानकारी दिनुभयो । गिद्धले अण्डा पारेको ६० देखि ६५ दिनमा गिद्धले बच्चा कोरल्ने गर्दछ । प्रजनन केन्द्रमा पोहोरका ६ वटा बच्चासहित ५१ वटा गिद्ध छन् । पोहोर प्रजनन केन्द्रमा गिद्धले १८ वटा अण्डा पारेपनि ६ वटा बच्चा मात्र हुर्किएका थिए । केन्द्रमा रहेका सात वटा माउलाई प्रकृतिमा छाड्न नवलपरासीको जटायु रेस्टुरेन्टमा लगिँदैछ । गिद्ध संरक्षणका लागि खोलिएको जटायु रेष्टुरेण्टमा केही समय राखेर उनीहरुलाई प्रकृतिका गिद्धसँग घुलमिल गराएपछि रेडियोकलर जडान गरि छोड्ने गरिन्छ । अति सङ्कटापन्न अवस्थामा रहेको डङ्गुर जातको गिद्धको सङ्ख्या बढाउन सन् २००८ बाट कसरामा संरक्षण गरी गिद्ध हुर्काउन थालिएको हो । डाइक्लोफेनेक नामक औषधि प्रयोग गरिएका पशुको मासु खाएर मर्न थालेपछि वातावरणको कुचिकार मानिने गिद्धको सँख्या लगातार घटिरहेको छ ।

Facebook Comments
यो पनि ..........

Leave a Reply

Your email address will not be published. Required fields are marked *