कुमार रंजितलाई यसवर्षको मोती पत्रकारिता पुरस्कार

पुस २१  – नेवाः प्रेस दबुले हरेक वर्ष प्रदान गर्दै आएको मोती पत्रकारिता पुरस्कार यसवर्ष पत्रकार कुमार रंजितलाई प्रदान गरेको छ । करिव ३ दशक देखिं पत्रकारिता गर्दै आएका रंजितलाई नेवा प्रेस दबुको आयोजनामा शनिबार ललितपुरको वार एशोसियसनको हलमा भएको कार्यक्रममा दश हजार नगद राशीको मोती पत्रकारिता पुरस्कार प्रदान गरेको होः । त्यस्तै कार्यक्रममा नेवार समुदायको उत्थानको लागि पुर्याएको योगदानको लागि गणेशराम लाछि, इश्वरीमैयाँ श्रेष्ठ र पुष्प चित्रकारलाई पनि अभिनन्दन गरिएको थियो । कार्यक्रममा नेवाः प्रेस दबुका अध्यक्ष नरेन्द्र श्रेष्ठ , पुरस्कारया दाता मोती लाल शिल्पकार, नेवा देय दबुका अध्यक्ष नरेश ताम्राकार, सासद पम्फा भुसाल, शोभा शाक्य, नेपालभाषा मंका खल यलका अध्यक्ष ऋषिप्रसाद श्रेष्ठले आआफ्नो मन्तव्य राख्नु भएको थियो ।

Facebook Comments
समाज

Leave a Reply

Your email address will not be published. Required fields are marked *