किलागलको देवीनाच आज देवीघरबाट निकालिँदै

भाद्र २८ – काठमाडौंमा इन्द्रजात्राका अवसरमा नचाइने किलागलको देवीनाच आज देवीघरबाट निकालिँदैछ । बेलुका ८ बजे निकालिने कुमारी, भैरब, चण्डी, दैत्य, कवं, बेताः र ख्याःका पात्रहरुले मुखौटा मात्रै लगाएर स्थानीय बिज्यापू चोकमा नाच प्रदर्शन गरिने देवीनाचका गुथियार नरेन्द्र महर्जनले बताउनुभयो । उहाँका अनुसार यसरी मुखौटा मात्रै लगाएर आगामी सप्तमीको रातसम्म नचाइन्छ भने कायाष्ठमीदेखि जात्रा र गहना समेत लगाएर काठमाडौंका अन्यत्र पनि लगेर नचाइनेछ ।

Facebook Comments
सम्पदा / संस्कृति

Leave a Reply

Your email address will not be published. Required fields are marked *