असोज १८ – जिल्ला प्रशासन कार्यालय काठमाडौँले उपत्यकाभित्र टिपर चलाउने समय परिवर्तन गरेको छ । जिल्ला सुरक्षा समितिको बैठकले बेलुकी ७ बजेदेखि बिहान ७ बजेसम्म टिपर चलाउन अनुमति दिएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले जानकारी दिनुभयो । यसअघि बेलुकी ८ देखि बिहान ५ बजेसम्ममात्र उपत्यकामा टिपर चलाउन पाइन्थ्यो । जिल्ला प्रशासन कार्यालयले गएको साउन १ गते उपत्यकामा टिपर दुर्घटनाका कारण मावनीय क्षति बढेको भन्दै रातको समयमा मात्र टिपर चलाउन दिने निर्णय गरेको थियो । तर टिपर चलाउन दुई घण्टा छुट दिएकै दिन हिजो नै भक्तपुरको सुुर्यविनायकमा टिप्परको ठक्करबाट एक मोटरसाइकल चालकको ज्यान गएको छ ।

Facebook Comments
समाज

Leave a Reply

Your email address will not be published. Required fields are marked *