काठमाडौँ उपत्यकामा गाडी पार्किङ सहज हुने

साउन २६ –  काठमाडौँ उपत्यकाको गाडी पार्किङमा अब सहज हुने भएको छ । काठमाडौँ महानगरपालिकाले पार्किङ व्यवस्थित गर्नका लागि स्मार्ट पार्किङ निर्माणको तयारीमा जुटेसँगै समस्यामा कमी आउने भएको हो । महानगरपालिकाले अहिले पार्किङस्थल पहिलो चरणमा नयाँ सडक, धर्मपथमा निर्माण गर्ने तयारी अन्तिम चरणमा पु¥याएको छ । आउने हप्ता बोलपत्रका लागि सूचना गरिने र त्यसको एक महिनापछि प्रक्रियानुरुपका कम्पनीलाई निर्माणको जिम्मा दिइने काठमाण्डु नगरपालिका सार्वजनिक एकाइ प्रमुख महेश काफ्लेले जानकारी दिनुभयो । पहिलो पटक परीक्षणका रूपमा गरिने पार्किङस्थलको प्रभावकारिता हेरी अन्य ठाउँमा पनि निर्माण गरिने काफ्लेले जानकारी दिनुभयो । उहाँका अनुसार यस किसिमको पार्किङ अत्यन्तै सुविधासम्पन्न हुन्छ । कोही व्यक्ति नयाँ सडक जान लागेको छ भने अन्य कुनै ठाउँबाट पहिले नै गाडी पार्किङका लागि ठाउँ सुनिश्चित गर्न सकिन्छ । कारणवश अन्य व्यक्तिले पहिले नै बुक गरिसकेको भए त्यो ठाउँमा गाडी पार्किङ गर्न लगेमा त्यहाँ ठाउँ पाइनेछैन ।

Facebook Comments
ब्यानर, समाज

Leave a Reply

Your email address will not be published. Required fields are marked *