एक वर्ष भित्र नेपाल खुला दिसामुक्त क्षेत्र घोषणा भइसक्ने

मंसिर १८ ( अबको एक वर्ष भित्र नेपाल खुला दिसामुक्त क्षेत्र घोषणा भइसक्ने खानेपानी तथा ढल निकास विभागले दाबि गरेको छ । अहिलेसम्म ६० वटा जिल्ला खुल्ला दिसामुक्त क्षेत्र घोषणा भइसकेको र बाँकी जिल्लामा प्रक्रिया चलिरहेकाले निर्धारित समयमै नेपाल खुल्ला दिसा मुक्त क्षेत्र घोषणा हुने खानेपानी तथा ढल निकास विभागका सूचना अधिकारी पूर्ण प्रसाद उपाध्यायले बताउनुभयो । अहिलेसम्म ९८ प्रतिशत काम सकिएको र अब २ प्रतिशत काम पनि तोकिएकै समयमा सकिने उहाँले बताउनुभयो । प्रदेश नम्बर ४, ६ र ७ पूर्ण रुपमा खल्ला दिशामुक्त क्षेत्र घोषणा भइसकेको छ । अब १,३ र ५ पनि लगभग खुल्ला दिशामुक्त क्षेत्र घोषणा हुने तयारीमा छ । २ नम्बर प्रदेशलाई भने खुल्ला दिशामुक्त क्षेत्र घोषणामा चुनौती देखिएको विभागका सूचना अधिकारी उपाध्यायले जानकारी दिनुभयो । सामाजिक र सास्कृतिक कारण गर्दा प्रदेश २ लाई खुल्ला दिशामुक्त क्षेत्र घोषणमा समस्या भएको हो । यस अघि सरकारले सन् २०१७ लाई खुल्ला दिसामुक्त क्षेत्र घोषण गर्ने भनिएपनि त्यो पुरा हुन सकेन । र म्याद थपेर सन् २०१९ सम्ममा नेपाललाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा गर्ने तयारी गरिएको हो ।

Facebook Comments
समाज

Leave a Reply

Your email address will not be published. Required fields are marked *