इयुबाट ब्रिटेन बाहिरिने ब्रेक्जिटसम्बन्धी सम्झौता पारित

मंसिर १० –  युरोपेली संघ इयुबाट ब्रिटेन बाहिरिने ब्रेक्जिटसम्बन्धी सम्झौता पारित भएको छ । ईयुबाट ब्रिटेन बाहिरिने बेक्जिटसम्बन्धि सम्झौता सबैभन्दा उत्तम र एकमात्र सम्भव सम्झौता भन्दै यूरोपेलि नेताहरुले सम्झौता पारित गरेका हुन् । २० महिना लामो छलफल पछि २७ वटा इयुका देशका नेताहरुको बैठकले सम्झौता अनुमोदन गरेको हो । सन् २०१९ को मार्च २९ मा ब्रिटेन औपचारिक रुपमा ईयूबाट बाहिरिँदैछ । ईयुका नेताहरुले यो सम्झौताले इयुबाट ब्रिटेनको सहज बहिर्गमनको बाटो खुलेको बताएका छन् । अब यो सम्झौतालाई ब्रिटेनको संसद्ले पारित गर्नुपर्ने हुन्छ ।

Facebook Comments
INTERNATIONAL

Leave a Reply

Your email address will not be published. Required fields are marked *