असोज २३ –  आज विश्व हुलाक दिवस । सन् १८७४ अक्टुबर ९ तारिखमा विश्व हुलाक संघ स्थापना भएको दिनको सम्झनामा हरेक वर्ष हुलाक दिवस मनाउने गरिएको छ । नेपालले सन् १९७६ मा विश्व हुलाक संघको सदस्यता पाएपछि मात्र हुलाक दिवस मनाउन थाले पनि यसको अस्तित्व संकटमा पर्न थालेको छ । व्यवसायी, मानिसको विश्वव्यापी सामाजिक तथा आर्थिक विकासमा हुलाकले पु¥याएको योगदानको कदर स्वरुप यो हुलाक दिवस मनाउन थालिएको हो । तर सूचना आदानप्रदान गर्न कुनै बेला प्रमुख साधन बनेको हुलाक सेवाको अहिले अस्तित्व नै सङ्कटमा पर्न थालेको छ । वि.सं. १९३५ देखि सेवा दिँदै आएको हुलाक सेवा इमेल र मोबाइलको विकास भएपछि सङ्कटमा परेको हो । समयसापेक्ष आफ्नो सेवालाई विस्तार गर्न नसक्नु र त्यही अनुसारको व्यवस्थापन नहुनुले हुलाक सेवा सङ्कटमा पर्न थालेको हुलाक सेवा विभागले जनाएको छ । विभागका अनुसार व्यक्तिगत चिठी आदानप्रदान गर्ने क्रम रोकिएपनि कार्यालयका चिठी र पार्सल भने हुलाकमार्फत आदानप्रदान हुने गरेका छन् । हुलाक सेवामा झण्डै २० हजार कर्मचारी आबद्ध छन् ।

Facebook Comments
समाज

Leave a Reply

Your email address will not be published. Required fields are marked *