आज रेबिज रोग विरुद्धको विश्व दिवस

असोज १२ – आज रेबिज रोग विरुद्धको विश्व दिवस । जनचेतना, खोप र उन्मुलन भन्ने नाराका साथ सरकारी तथा गैरसरकारी संस्थाहरुले विभिन्न कार्यक्रम गर्दै छन् । सेप्टेम्वर २८ तारिखमा विश्वभर रेविज विरुद्ध जनचेतनामुलक कार्यक्रम हुने गरेको छ । रेविज रोग, यसको रोकथाम अनि यसबाट बच्न अपनाइने सुरक्षाका उपायहरूका बारेमा जानकारी गराउन दिवस मनाउन थालिएको हो । रेबिज जनावरको टोकाइका क्रममा र्यालबाट सर्ने प्राण घातक रोग हो । यो रोग लागेपछि त्यसको संक्रमण स्नायू प्रणालीमा हुन्छ र रोग लागेको व्यक्ति वा जनावरले असामान्य स्वभाव देखाउने सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनले बताउनुभयो । बिशेषगरी यो रोगबाट संक्रमित कुकुर, विरालो, मुसा वा जंगली जनावरको टोकाइबाट सर्ने उहाँले बताउनुभयो । उहाँका अनुसार नेपालमा अहिले स्यालको टोकाईका कारण लाग्ने दुर्लभ रेविज रोग प्यारालाईटिक देखिएको छ । यस्तै, काठमाण्डू उपत्यकासहित धेरै ठाउँमा सडकका कुकुरको टोकाइका कारण रेबिज रोग लाग्ने खतरा बढेको छ । रेविज विरुद्ध खोपको व्यवस्था भए पनि हरेक वर्ष विरामी बढ्दा खोपको अभाव हुने गरेको छ । सरकारले रेविज विरुद्धको खोपको निशुल्क व्यवस्था गरेको छ ।

Facebook Comments
समाज

Leave a Reply

Your email address will not be published. Required fields are marked *