पुस ७ – नेवार समुदायले आज योमरी पूर्णिमा मनाउँदैछन् । चामलको पीठो, चाकु, कालो तिलको योमरी बनाएर बेलुकी यसवर्ष भित्र्याएको अन्न बाली, भकारी पुजा गर्ने चलन छ । त्यस्तै भकारी पुजा गर्दा चामलको पीठोको कुबेर, लक्ष्मी र गणेशको मूर्ति बनाएर पुजा गर्ने गरिन्छ । आजको दिनलाई लक्ष्मी पुजाको रुपमा मनाउने गरिन्छ । यसरी पुजा गरेमा वर्षभरि अन्न अभाव नहुने विश्वास छ । जाडोमा मास र चाकु लगायतका शरीरमा ताप बढाउने सामग्रीबाट रोटी बनाएर खाने पर्वका रुपमा यो पूर्णिमा मनाउने गरिएको हो । काठमाडौँ उपत्यकाका नेवार समुदायले चारसय वर्षअघि उत्तरायण माघ १ गतेदेखि योमह्री पूर्णिमाका दिनमा सारेको विश्वास गरिन्छ । योमरी पुर्णिमा अवसरमा साँखु, पाटन , काठमाडौं , टोखा, बनेपा, पनौति लगायतका ठाँउमा सांस्कृतिक र्याली र्याली सहितको त्य छि त्य कार्यक्रम हुँदैछ । आजका दिनलाई धान्य पूर्णिमाका रुपमा समेत मनाउने गरिन्छ । आजै काठमाडौंका ज्यापू समुदायले १५ औ राष्ट्रिय ज्यापू दिवस मनाउँदैछन् ।

Facebook Comments
HERITAGE/CULTURE

Leave a Reply

Your email address will not be published. Required fields are marked *