आज जितिया पर्वको मुख्य दिन

असोज १६ – आज जितिया पर्व मनाईंदैछ । मध्यतराईका महिलाले विशेष रुपमा मनाउने यो पर्वको विधिवत सुरुवात भने हिजोदेखि भैसकेको छ । जितिया पर्वको मुख्य दिन आज निराहार व्रत बसेर भोलि विधिवत रुपमा पर्वको समापन गरिनेछ । यसैबीच काठमाडौंमा बस्ने आदिवासी थारू समुदायका महिलाले पनि जितिया पर्व मनाउने भएका छन् । थारू महिला सभा काठमाडौँ उपत्यका समितिले महोत्सवकै रूपमा कार्यक्रम गरी जितिया पर्व मनाउन लागेको हो । जितिया पर्व मुख्यतः नवलपरासी पूर्वको तराईका जिल्लामा मनाउने गरिएको भए पनि पछिल्ला वर्षमा काठमाडौँमा समेत मनाउन थालिएको छ । हिन्दू नारीले तीजमा जस्तै थारू महिलाले पनि हरेक वर्ष असोज कृष्ण पक्ष सप्तमीदेखि नवमीसम्म जितिया मनाउँछन् । परिवारको सुख, शान्ति र दीर्घायुको कामना गर्दै आपसी प्रेम साटासाट गरेर जितिया मनाइन्छ । जितियामा निराहार व्रत बसेका महिलाले जलाशयमा नुहाएर माटोको प्रतिमामा पूजा गर्दछन्

Facebook Comments
सम्पदा / संस्कृति

Leave a Reply

Your email address will not be published. Required fields are marked *