आज अन्तराष्ट्रिय पर्वतीय दिवस, नेपालमा पनि मनाईंदै

मंसिर २५ – आज अन्तराष्ट्रिय पर्वतीय दिवस नेपालमा पनि मनाईंदैछ । जलवायू परिवर्तन र जनसंख्या वृद्धिका कारण पर्वतीय क्षेत्रमा पारेको असर कम गर्न जोड दिँदै डिसेम्बर ११ तारिखमा यो दिवस मनाउने गरिन्छ । पर्वतीय जीवनका बारेमा सचेतना जगाउने उद्देश्यले राष्ट्रसंघको आव्हानमा सन् २००३ देखि पर्वतीय दिवस मनाउन थालिएको हो । पछिल्लो समय जलवायु परिवर्तनको असरका कारण पर्वतीय देशमा देखापरेका समस्या समाधान र त्यस्ता असर बढाउने प्रकारका क्रियाकलाप कम गर्न दिवसले जोड दिने गरेको छ । पर्वतीय क्षेत्रमा बस्ने मानिसहरुको जनजिवीका सहज बनाउन र पर्वतीय वातावरणलाई बिग्रन नदिन यस वर्षको दिवसले जोड दिएको छ । विश्वको कुल भूभागको २२ प्रतिशत भूमी पर्वतीय क्षेत्रमा पर्छ । विश्वमा झण्डै ९१ करोड मानिस पर्वतीय क्षेत्रमा बस्छन् । नेपालमा २०७२ बैशाख १२ मा गएको भूकम्पका कारण धेरै पर्वतीय सरचनाहरु चिरा परेका छन् ।

Facebook Comments
SOCIETY

Leave a Reply

Your email address will not be published. Required fields are marked *