अमेरिकी डलर अहिलेसम्मकै महंगो

असोज १९ – अमेरिकी डलर अहिलेसम्मकै महंगो भएको छ । आज १ अमेरिकी डलरको बिक्रीदर १ सय १८ रुपैयाँ ३ पैसा पुगेको छ । हिजो १ सय १७ रुपैयाँ ६५ पैसामा बिक्री भएको १ अमेरिकी डलर आज एक रुपैयाँ बढेर १ सय १८ रुपैयाँ पुगेको हो । अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँ कमजोर हुँदा नेपाली रुपैयाँ पनि कमजोर भएको छ । नेपाली र भारतीय रुपैयाँबीच स्थिर विक्रीदर छ । डलर बढ्दा विदेशबाट पैसा पठाउनेलाई, पर्यटन क्षेत्र र निर्यात क्षेत्रमा फाइदा पुग्ने छ र नेपालको निर्यात थोरै र आयात धेरै भएकाले डलरको भाउ बढ्दा नेपालमा विदेशी सामानको भाउ पनि बढ्ने गरेको छ ।

Facebook Comments
अर्थ

Leave a Reply

Your email address will not be published. Required fields are marked *