अमेरिकाको ओक्लाहोमा अन्धधुन्ध गोली प्रहारबाट रचना श्रेष्ठ गंभिर घाइते

साउन ९ – अमेरिकाको ओक्लाहोमाको एटोका शहरमा एक इन्धन चौकीमा अन्धधुन्ध गोली प्रहारबाट  नेपाली महिला गंभिर घाइते भएको छ । अन्धधुन्ध गोली प्रहारबाट नेपाल गोरखा घर भएकी रचना श्रेष्ठ गंभिर घाइते भएको हो । उहाँको स्थानीय सेन्ट फ्रान्सिस हस्पीटलमा उपचार भइरहेको छ । श्रेष्ठलाई सोमबार दिउसो ह्यान्डी मार्ट नामक पसलमा गोली हानिएको प्रहरीले जनाएको छ । लुटपाट गर्ने क्रममा अन्धधुन्ध गोली प्रहार गर्ने क्रममा शरीरका विभिन्न भाग ८ सहित टाउकोमा गोलि हानीएको प्रहरीले जनाएको छ । घटनामा संग्लन भएको अभियोगमा १८ बर्षिय जिमुन टेज हिललाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

 

 

Facebook Comments
देश बाहिर

One thought on “अमेरिकाको ओक्लाहोमा अन्धधुन्ध गोली प्रहारबाट रचना श्रेष्ठ गंभिर घाइते

Leave a Reply

Your email address will not be published. Required fields are marked *