अनलाइनबाटै जापानी भाषा परीक्षा दिन पाउने

कार्तिक १६ – जापानमा जान चाहने नेपालीले पहिलो पटक अनलाइनबाटै जापानी भाषा परीक्षा दिन पाउने भएका छन् । आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै मोग सर्भिस प्रालिका अध्यक्ष प्रमुख कार्यकारी अधिकृत ओमहरि प्रजापतिले जापानको प्राक्टिकल जापानीज कम्युनिकेसन पिजेसी ब्रिजसँग सहकार्य गरी अनलाइनबाटै भाषा परीक्षा दिन पाउने व्यवस्था गर्न लागिएको जानकारी दिनुभयो । जापानको न्याय मन्त्रालय र अध्यागमन विभागले मान्यता दिएको पिजेसीले सन् १९७६ देखि नै परीक्षा सञ्चालन गर्दै आएको छ । कागजबाट लिखित परीक्षा दिँदा नतिजाका लागि तीन महीना पर्खनुपर्नेमा अनलाइनबाट परीक्षा दिनेबित्तिकै थाहा पाउन सकिन्छ । परीक्षाको प्रमाणपत्र १० दिनमा लिने पाइनेछ । परीक्षा शुल्क तीन हजार ५ सय रुपैयाँ लाग्नेछ ।

Facebook Comments
ABROAD

Leave a Reply

Your email address will not be published. Required fields are marked *